वैशाख २८ गते संघीय संसद् अधिवेशन आह्वानका लागि सिफारिस

मंगलबार, वैशाख २२, २०८३
Honor 600 pro

काठमाडौं । वैशाख २८ गते संघीय संसद् अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णयबारे जानकारी दिएका हुन्।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाएका थिए।

तर संविधानको धारा ९३ बमोजिम आह्वान गरिएको उक्त अधिवेशन वैशाख १० गते सरकारले स्थगित गर्न पत्र पठाएपछि स्थगित भएको थियो।
अब सरकारले पुनः नयाँ मिति तय गर्दै वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्