सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको डुडुवा गाउँपालिकाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए ।
केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवको घर जलेर नष्ट भएको थियो ।
डुडुवा गाउँपालिकाले प्रति परिवारलाई नगदसहित खाद्यान्न सामाग्री वितरण गरेको छ । पालिकाले नगद रु ५ हजार, १ बोरा चामल, ५ किलो दाल, ५ लिटर खाने तेल, ५ किलो आलु, एक वटा त्रिपाल, चिउरा, चाउ चाउ, विस्कुट, गुण मिठाई र १ पेटी पानी वितरण गरेको छ ।
पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँमै पुगेर नगदसहित खाद्यान्न सामाग्री वितरण गर्दै सबै सामाग्री जलेको अवस्थामा यो सानो राहतले केही दिनसम्म सहयोग गर्ने बताए ।
राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँमा गर्मीको मौसममा पटक पटक आगलागीको घटना हुने गरेको छ ।