करेन्ट लागेर नन्दकला र रुखबाट खसेर दलबहादुरको मृत्यु

बिहीबार, वैशाख १७, २०८३
Honor 600 pro

काठमाडौं । करेन्ट लागेर एक महिलाको मृत्यु हुँदा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा नन्दकलाको गएराति मृत्यु भएको हो ।

त्यसैगरि, बाजुराको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको  बाजुरा प्रहरी जनाएको छ।

सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन् । उनी जिल्लाका अग्रणी किसान रहेका थिए।  सम्बन्धित प्रहरी कार्यालयले घटना बारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  ०९:५७
प्रतिक्रिया दिनुहोस्