सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सरकारले सङ्घीय संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विरोधमा प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले आज संयुक्त छलफल गर्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्।
बैठकमा संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत राज्य सञ्चालन गर्न खोजिएको भन्दै सरकारको कदमप्रति साझा धारणा तय गर्ने र प्रतिवादको रणनीति बनाउने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।
उक्त बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।
संसद्लाई उपेक्षा गर्दै अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको ठहर गर्दै विपक्षी दलहरूले कडा विरोध गर्ने तयारी गरेका छन्।
बैठकमा सरकारको पछिल्लो कदमको सशक्त प्रतिवाद कसरी गर्ने र आगामी दिनमा सदनदेखि सडकसम्म विपक्षी दलहरूको भूमिका कस्तो हुने भन्ने विषयमा विस्तृत छलफल हुने कार्यतालिका रहेको छ।