नरैनापुरको गेग्ली गाउँमा भीषण आगलागी: १५ घर र गोठ जले,, ५ घण्टापछि नियन्त्रण

मंगलबार, वैशाख १५, २०८३

नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिका वडा नं.३ स्थित गेग्ली गाउँमा आज बिहान भीषण  आगलागी हुँदा १५ वटा फुसको छानो भएका कच्ची घर तथा गोठ जलेका छन् । 

आज बिहान ४ :५० बजेतिर आगलागी भएको सूचना प्राप्त हुनासाथ नरैनापुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म , बिओपी कटकुइँया र  इलाका प्रहरी कार्यालय भगवानपुरसहित विभिन्न युनिटमा रहेका प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा करिब ५ घण्टापछि बिहान साढे ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १३:५८
प्रतिक्रिया दिनुहोस्