नेपालगञ्जमा छाडा पशु व्यवस्थापन: आज पनि लगियो झण्डै २ दर्जन पशुलाई कान्जीहाउस

मंगलबार, वैशाख १५, २०८३
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मङ्गलवार पनि  नगर क्षेत्रभित्रका छाडा पशु चौपायाको नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ । आज बिहान ५ बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत २३ वटा पशु संकलन गरी वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा व्यवस्थापन गरिएको छ।

उपमहानगरपालिकाका अनुसार संकलित पशुहरूमा २३ वटा गाई, बाच्छाबाच्छी तथा साँढे छन् । नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार सोमवार मात्रै ३८ वटा छाडा पशु नियन्त्रण गरी कान्जीहाउस पुर्‍याइएको थियो । शनिबार ४३ वटालाई कान्जीहाउस लगिएको थियो ।

नगर क्षेत्रमा छाडा पशुका कारण हुने सवारी दुर्घटना, ट्राफिक अवरोध तथा सरसफाई समस्या नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्