आज नेपालगञ्ज उपमहानगरपालिकामा शोक बिदा

मंगलबार, वैशाख १५, २०८३
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभर आज शोक बिदा दिइएको छ।

वडा नं. १५ का वडा सदस्य रोकेश कुमार भाटको सोमबार भएको असामयिक निधनप्रति उपमहानगरपालिकाले एक दिनका लागि शोकमा सेवा बन्द गरेको हो।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार, भाटको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै कार्यालय र अन्तर्गतका २३ वटै वडा कार्यालयबाट प्रदान गरिँदै आएका अत्यावश्यक बाहेकका सबै सेवाहरू आज बन्द रहने जनाइएको छ।

उपमहानगरपालिकाले यस निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, दिवंगत भाटप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  ०७:०२
प्रतिक्रिया दिनुहोस्