सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले १५औँ साधारणसभा आगामी जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको शाखाको कार्यसमिति बैठकले उक्त निर्णय गरेको सचिव कृष्ण ओलीले जानकारी दिए ।
शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले साधारणसभा सफल बनाउन आवश्यक तयारी तीव्र पार्ने निर्णय समेत गरेको छ । साथै, जिल्लामा स्थापना गरिएका विभिन्न अक्षयकोष अन्तर्गतका पत्रकारिता पुरस्कारहरू साधारणसभामा वितरण गरिने जनाइएको छ । यसका लागि बाँके जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरूलाई आवेदन दिन आह्वान गरिएको छ ।
यस्तै, वि.सं.२०८१ - २०८२ का लागि सदस्यता नवीकरण नगरेका सदस्यहरूलाई वैशाख मसान्तभित्र अनिवार्य रूपमा नवीकरण गर्न पनि महासंघले आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, 'नवीकरण नगरेका सदस्यहरूलाई साधारणसभामा सहभागी गराउन शाखा बाध्य हुने छैन ।'