सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कपिलवस्तु । पार्किङ गरिराखिएको ट्रकमा भारतीय स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा गए राति लु १ ख ९५४९ नम्बरको पार्किङ गरिराखिएको ट्रकमा यूपी ३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पियो ठोक्किएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार कपिलवस्तुको बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको स्कार्पियो अनियन्त्रित भई सडकको छेउमा पार्किङ गरिएको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको हो।
दुर्घटनामा स्कार्पियो सवार घाइतेहरु महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबेको भैरहवामा उपचार भइरहेको छ भने शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मीको स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका बारेमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।