धारिलो हतियार प्रहार गरेर किशोरको हत्या

मंगलबार, वैशाख ८, २०८३
Honor 600 pro

कैलाली । कञ्चनपुरको पुर्नवासमा गएराति एक किशोरको हत्या भएको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। पुर्नवास नगरपालिका–५, भानुबस्ती निवासी १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको हो।

प्रहरीका अनुसार राति करिब १ः३६ बजे अज्ञात व्यक्तिले उनको छातीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले आक्रमणकारीको पहिचान अझै खुल्न नसकेको जनाएको छ। घटनापछि फरार रहेका अभियुक्तको खोजी तीव्र पारिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह