कुलमान घिसिङ भोलि नेपालगञ्ज आउँदै

शनिबार, वैशाख ५, २०८३

नेपालगञ्ज । उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ आइतबार (भोलि) नेपालगञ्ज आउने भएका छन् ।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व मन्त्री समेत रहेका अध्यक्ष घिसिङ नेपालगञ्ज आउन लागेका हुन् ।

नेपालगञ्जस्थित बाटिका होटलमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा अध्यक्ष घिसिङको विशेष उपस्थिति रहने जनाइएको छ । पार्टीका नेता धनबहादुर खड्का (धिरज) ले बुद्धिजीवी, समाजसेवी, उद्योगी–व्यापारी, युवा, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह