संघीय संसद्को संयुक्त बैठकलाई आज राष्ट्रपति पौडेलले सम्बोधन गर्दै

शुक्रबार, चैत २७, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन्। 

राष्ट्रपति कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनले आज दिउँसो ३:०० बजे संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

नेपालको संविधानको धारा ९५ को व्यवस्था बमोजिम राष्ट्रपति पौडेलले यो विशेष सम्बोधन गर्न लाग्नुभएको बताइएको छ। 

उनको सम्बोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरूलाई बैठकमा उपस्थित हुन आह्वान गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्