सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई सभापतिमा चयन गरेको हो ।बैठक गोपालकुमार बस्नेतको सभापतित्वमा बसेको थियो ।
ज्येष्ठ सदस्य बस्नेतले चौधरीलाई सभापतिमा चयन गर्ने एकमात्र प्रस्ताव पेस गरेका थिए, जुन सर्वसम्मतिले पारित भएको हो ।
निर्वाचित भएपछि चौधरीले देश र जनताको हितमा कानून तर्जुमा गर्दा संविधानको मर्मअनुसार अध्ययन, अनुसन्धान र निष्पक्षताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले कुनै आग्रहबिना सबैसँग समन्वय र सहकार्य गर्दै समितिको काम अघि बढाउने बताइन् ।समितिले बैठकमार्फत नव-निर्वाचित सदस्यहरूलाई स्वागतसमेत गरेको छ ।