बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै

मंगलबार, चैत २४, २०८२

नेपालगञ्ज । बैशाख २ गतेदेखि असार ७ गतेसम्म देशब्यापीरुपमा दोस्रो आर्थिक गणना सञ्चालन हुँदैछ । त्यसको पूर्व सन्ध्यामा नेपालगञ्जमा जिल्ला स्तरीय सचेतना गोष्ठी आयोजना गरिएको छ ।

मंगलबार सम्पन्न गोष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी अवधेश कुमार शुक्लाले आर्थिक गणनाको तयारी र प्रक्रियाका बारेमा जानकारी गराए । उनका अनुसार जिल्लाभर ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ जना खटिनेछन्।

जिल्ला आर्थिक गणना कार्यालय कार्यालय बाँकेले आयोजना गरेको गोष्ठी सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, सहायक प्रमुख अधिकारी गुरुङ, नेपालगञ्ज उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य सन्तोष पौडेल लगायतले बोलेका थिए । 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्