सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक परिवर्तन सम्बन्धि नयाँ निर्देशन जारी गरेको छ।
उपमहानगरपालिकाका अनुसार विद्यालयहरूले प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अतिरिक्त आर्थिक बोझ परेको गुनासो आएको थियो । यसलाई ध्यानमा राख्दै अब कुनै पनि विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको छ । यदि तीन वर्षपछि पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा उपमहानगरपालिकाबाट पूर्व स्वीकृति लिनुपर्नेछ ।
उपमहानगरपालिकाको अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा सम्बन्धित विद्यालयलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
उपसचिव गोर्ख बहादुर थापाले नगर प्रमुख प्रशान्त विष्टको आदेश अनुसार निर्देशन जारी गरिएको आइतबार प्रकाशित सूचनामा उल्लेख गरेका छन् ।