शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा

आइतबार, चैत २२, २०८२
Honor 600 pro

काठमाडौं । सरकारले इन्धन आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै नयाँ निर्णय गरेको छ। अबदेखि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन—शनिबार र आइतबार—बिदा दिइने व्यवस्था लागू हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, पेट्रोलियम पदार्थको आपूर्तिमा आएको समस्या कम गर्न यो कदम चालिएको हो।

यो व्यवस्था भोलिदेखि अर्थात् चैत २३ गतेबाट लागू हुने जनाइएको छ। सरकारले यस निर्णयमार्फत इन्धन खपत घटाउने र आपूर्ति व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरेको छ।

नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछन्। यद्यपि, शैक्षिक संस्थाहरूको हकमा भने यो कार्यालय समय लागू नहुने मन्त्री पोखरेलले स्पष्ट पारे । 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह