लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

सोमबार, चैत १६, २०८२
Honor 600 pro

काठमाडौं । लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई प्रहरीले  पक्राउ गरेको छ। नेकपा एमालेबाट निर्वाचित सांसद शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीबाट आइतबार राति नियन्त्रणमा लिएको हो।

शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ। यस विषयमा अनुसन्धान भइरहेका बेला सम्बन्धित निकायहरू सक्रिय बनेका थिए।

यसअघि उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने रायसहित फाइल तयार पारेको थियो। सो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको जनाइएको छ।

बालिकाको उद्दारका क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि तथा नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो र आवश्यक कानुनी प्रक्रिया समेत पूरा गरिएको थियो।घटनाबारे थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्