पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ

आइतबार, चैत १५, २०८२
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। पूर्व उर्जामन्त्री खड्कालैई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेका बेला उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादसँग जोडिएको प्रकरणमा पनि मुछिएका छन्। साथै, जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नगद उडेको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि उक्त विषयमा पनि अनुसन्धान अघि बढाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार अनुसन्धानकै सिलसिलामा उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्