यी हुन् बालेन नेतृत्वको सरकारमा मन्त्रीहरु....

शुक्रबार, चैत १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् ।

प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ लिएका छन्  । बालेन प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, गीता चौधरी कृषि मन्त्री  बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्