सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रतिनिधिसका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
सबैभन्दा वरिष्ठ सांसदको हैसियतले केसीले अब बिहीबार अन्य २७४ जना सांसदलाई शपथ गराउने जिम्मेवारी पाएका छन्। शपथ लिनेबित्तिकै उनले औपचारिक रूपमा शपथपत्रमा हस्ताक्षर समेत गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी उमेरका हिसाबले सबैभन्दा ज्येष्ठ हुन्। उक्त निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद चयन भएका थिए। केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत संसदमा पुगेका हुन्।