लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

बुधबार, चैत ११, २०८२
Honor 600 pro

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै  भोलि चैत १२ गते पर्ने चैते दधैका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।

मन्त्रालयका अनुसार प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त दिन प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।

सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह