बैशाख १ देखि कांग्रेस क्रियाशील सदस्यता खुला, भदौ २४–२६ मा महाधिवेशन: गगन थापा

मंगलबार, चैत १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक एवं नयाँ सदस्यता लिनेका लागि आगामी बैशाख १ गतेदेखि नै खुला गरिने भएको छ । 

पार्टी सभापति गगनकुमार थापाले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा विशेष सम्बोधन गर्दै उक्त निर्णय गरेको बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्दै बैशाख १ गतेदेखि अनिवार्य रूपमा क्रियाशील सदस्यता लिनुपर्ने बताएका हुन् । 

पहिलेदेखिका सदस्यले अद्यावधिक नगरे छुट्ने र नयाँले पनि सदस्यता लिने अवसर पाउने बताएका हुन् । उनले बैशाखभर क्रियाशील सदस्यता वितरण गरिने पनि बताए । उनले भदौ २४, २५ र २६ गते १५ औँ महाधिवेशन हुने बताए । 

उनले कुनै पनि जिम्मेवारीमा जानका लागि पब्लिक पोलिसीको कक्षा लिनुपर्ने पनि बताए ।

यस्तो छ कार्यतालिका-

१.वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने।

२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने।

३..असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने।

४. गाउँ, नगर वडा अधिवेशन-साउन ६ गते।

५.गाउँरनगरपालिका अधिवेशन( साउन १२ गते।

६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते।

७.प्रतिनिधि सभा क्षेत्र अधिवेशन( साउन ३० गते।

८.जिल्ला अधिवेशन( भदौ ६ र ७ गते।

९.प्रदेश अधिवेशन( भदौ १५ र १६ गते।

१०.केन्द्रीय महाधिवेशन( भदौ २४ देखि २६ गतेसम्म।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्