सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेका(५ नेपालगञ्ज बाँकेको आयोजना र बैजनाथ गाउँपालिकाको समन्वयमा पालिकाका सबै वडामा निःशुल्क प्राथमिक कान उपचार शिविर गरिएको हो ।
शिविरमा ८१६ जनाको कान चेकजाँच गरिएको छ । त्यसमा कान पाक्ने समस्या भएका १२७, काने गुजी १०२ जना र ३५ जनाको कानको शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामी फेला परेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रका आउटरिच इन्जार्च भीषण कुमार थारुले बताए ।
ग्रामीण क्षेत्रमा कान स्वास्थ्यबारे सचेतना फैलाउन र उपचारको पहुँचमा ल्याउन स्थानीय सरकारसँगको समन्वयमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले निःशुल्क शिविर गर्दै आएको छ । जटिल समस्या भएका बिरामीको पहिचान गरेर उनीहरुलाई विशेष छुटको व्यवस्था गरेर केन्द्रमै शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको प्रमुख चेतनारायण चौधरीले बताए ।
बैजनाथमा आयोजना गरिएको शिविरमा कान सहायक चिकित्सक समेत रहेका आउटरिच इन्चार्ज भीषण कुमार थारु, दामोदर चौधरी, सीता चौधरी र तिर्थमान थारुले बिरामीको कान चेकजाँच गरेका थिए ।