सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला भएको जिप दुर्घटनामा आदर्श गाउँपालिका-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार गए राति रााढे १२ बजे सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको अवस्थामा घुम्तीबाट खसेको थियो।
प्रहरीले दिएको जानकारी अनुसार मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा भेटिएको हो।।
प्रहरीले दुर्घटना बारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।