सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिङ्गापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्।
उनको सचिवालयका अनुसार सिङ्गापुरमा उपचार सम्पन्न गरेपछि थप स्वास्थ्य जाँच तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।
हङकङमा आवश्यक उपचार तथा पारिवारिक भेटघाट सकेपछि देउवा नेपाल फर्कने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।