Dashain Banner
Dashain Banner

राप्ती सोनारीमा एकीकृत सेवा प्रणाली सम्बन्धी एकदिने तालिम सम्पन्न

आइतबार, चैत १, २०८२

बाँके । राप्ती सोनारी गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सेवाहरूलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन सूचना प्रविधिमा आधारित एकीकृत सेवा प्रणाली सम्बन्धी एकदिने तालिम कार्यक्रम सञ्चालन गरेको छ।

गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रम आइतबार सम्पन्न भएको हो। तालिममार्फत सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै कार्यप्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ।

तालिमका क्रममा एकीकृत सेवा प्रणालीको प्रयोग विधि, सेवासम्बन्धी डिजिटल अभिलेखीकरण, सेवा प्रवाह प्रक्रियालाई सरल बनाउने उपाय तथा प्रविधिको प्रभावकारी उपयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमले कर्मचारीहरूलाई प्रणाली प्रयोगमा थप दक्ष बनाउँदै नागरिकलाई प्रदान गरिने सेवाहरूलाई सहज, छिटो र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले आगामी दिनहरूमा सूचना प्रविधिको प्रयोगलाई थप विस्तार गर्दै नागरिकमैत्री तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्