नेकपा एमालेद्वारा समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

शनिबार, फागुन ३०, २०८२

काठमाडौँ । नेकपा (एमाले) ले समानुपातिकतर्फ प्रतिनिधित्व गराउने १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

Honor x5c

बैठकपछि उपमहासचिव लेखराज भट्ट ले निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा उम्मेदवार छनोट गरिएको जानकारी दिए। उनका अनुसार आदिवासी जनजाति समूहबाट भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरिएको छ।

त्यस्तै खस–आर्य क्लस्टरबाट पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसहित) चयन भएका छन्।

थारु समुदायबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र निता घतानीको नाम सिफारिस गरिएको छ। यसैगरी मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) तथा मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम प्रस्ताव गरिएको उपमहासचिव भट्टले बताए।

बैठकमा समानुपातिक उम्मेदवार सिफारिससँगै शोक प्रस्तावसमेत पारित गरिएको थियो। उपाध्यक्ष थापाको अध्यक्षतामा बसेको सचिवालयको चौथो बैठकले क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको एमालेले जनाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्