एमाले अध्यक्ष ओलीलाई पितृशोक

शुक्रबार, फागुन २९, २०८२

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।

Honor x5c

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्