राष्ट्रिय दलको मान्यता ६ दललाई, श्रम संस्कृति पार्टी थपियो

बुधबार, फागुन २७, २०८२
Honor 600 pro

काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको नतिजासँगै छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। तीमध्ये एक दल नयाँ हो भने पाँच दल अघिल्लो प्रतिनिधिसभामा पनि राष्ट्रिय दलकै रूपमा रहेका थिए।

यसपटक राष्ट्रिय दलको रूपमा उदाएको नयाँ दल श्रम संस्कृति पार्टी हो। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएको हो।

यसैगरी राष्ट्रिय दलको मान्यता पाउने अन्य दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

यी पाँच दल विघटित प्रतिनिधिसभामा पनि राष्ट्रिय दलकै रूपमा रहेका थिए। नयाँ नतिजासँगै प्रतिनिधिसभामा राष्ट्रिय दलको संख्या छ पुगेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्