बाँकेमा समानुपातिकतर्फ रास्वपा हाबी, तीनै क्षेत्रमा रास्वपालाई सर्वाधिक मत

सोमबार, फागुन २५, २०८२

नेपालगञ्ज । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते भएको मतदानमा बाँके जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनै निर्वाचन क्षेत्रमा सर्वाधिक मत प्राप्त गरेको छ।

Honor x5c

निर्वाचन क्षेत्र नम्बर १ मा कुल ७६ हजार ६२ मत खसेको थियो। त्यसमध्ये ३ हजार ६९२ मत बदर भएका छन् भने ७२ हजार ३७० मत सदर भएका छन्। यस क्षेत्रमा रास्वपाले ३४ हजार ३८२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेसले १४ हजार २२४ मत पाएको छ भने नेकपा एमालेले १० हजार ३२० मत प्राप्त गरेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ५ हजार ८४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ हजार २८४ मत प्राप्त गरेको छ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा कुल ७३ हजार ५२ मत खसेको छ। त्यसमध्ये ४ हजार ६४८ मत बदर भएका छन् भने ६८ हजार ४०४ मत सदर भएका छन्। यस क्षेत्रमा पनि रास्वपा पहिलो स्थानमा रहँदै २४ हजार ३४१ मत प्राप्त गरेको छ। नेकपा एमालेले २० हजार ५५२ मत ल्याएको छ भने नेपाली कांग्रेसले १२ हजार ५८४ मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले ३ हजार १६५ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ६६५ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले १ हजार ७९९ मत प्राप्त गरेको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ७४ हजार ६१६ मत खसेको छ। त्यसमध्ये ३ हजार ४३२ मत बदर भएका छन् भने ७१ हजार १८४ मत सदर भएका छन्। यस क्षेत्रमा पनि रास्वपा नै अग्रस्थानमा रहँदै ३१ हजार ३०६ मत प्राप्त गरेको छ। नेकपा एमालेले १६ हजार २३० मत ल्याएको छ भने नेपाली कांग्रेसले १३ हजार २७८ मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ४ हजार १५८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ९६५ मत पाएको छ।

बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले स्पष्ट अग्रता कायम गर्दै अन्य दललाई पछि पारेको देखिएको छ। प्रत्येक्षतर्फ बाँके १ मा रास्वपा,बाँके -२ मा एमाले र बाँके -३ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्