बाँके १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार निर्वाचित

शनिबार, फागुन २३, २०८२

नेपालगञ्ज । तीन निर्वाचन क्षेत्र रहेको बाँकेका दुई क्षेत्रमा रास्वपा र एउटा क्षेत्रमा एमाले विजयी भएको छ। क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार विजयी हुँदा क्षेत्र नम्बर २ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

Honor x5c

क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी ३२ हजार ७ सय ९२ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सुर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेलेजानकारी दिए ।

क्षेत्र नम्बर २ भने एमालेका मोहम्मद इश्तियाक राई २४ हजार ६ सय २८ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिए  ।

यस्तै क्षेत्र नम्बर ३ रास्वपाका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनार २९ हजार ५ सय ५१ मतका साथ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्दी सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रसका उम्मेदवार अमर सिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्