प्रतिनिधिसभा निर्वाचन: कांग्रेसले पनि खाता खोल्यो

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ। 

Honor x5c

नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ३३०७ मत ल्याएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्