बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक घाइते

सोमबार, फागुन १८, २०८२

काठमाडौं । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका–३ जमनटोकी नजिक भएको सवारी दुर्घटनामा दुई युवकको ज्यान गएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्।

Honor x5c

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवा जाँदै गरेको लु २ ख १०८५ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार धनगढीमाई नगरपालिका–८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्। उनको हाल विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। दुर्घटनापछि घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। मृतकहरूको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह