बाँकेमा सुरक्षा अवस्था सुदृढ : गृहमन्त्री अर्याल

आइतबार, फागुन १७, २०८२

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा सुदृढ हुँदै गएको बताएका छन् । नेपालगन्ज विमानस्थलमा आज संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले मुलुकभर निर्वाचनको वातावरण देखिएको बताए ।

Honor x5c

'हामी पूर्वतिर पनि गयौं, सबैतिरको रिपोर्टिङ लिइरहेका छौं, मुलुकभर निर्वाचनको माहोल छ,' उनले भने । बाँकेको अहिलेसम्मको काम-कारबाही सुन्दा सन्तोषजनक पाएको उनको भनाई छ । जिल्ला सुरक्षा समितिले राम्रो काम गरिरहेको आफूले पाएको अर्यालले बताए ।

निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रणमा लिएको दाबी गर्दै गृहमन्त्री अर्यालले यस पटक दण्डहिनता नरहने स्पष्ट पारे ।

सुदुरपश्चिमका विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन जाने क्रममा गृहमन्त्री अर्यालसमक्ष बाँके जिल्लाको सुरक्षा अवस्थाबारे पनि ब्रीफिङ्ग गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

गृहमन्त्रीको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत बाँकेका सुरक्षा प्रमुखहरुको उपस्थिति थियो । 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह