बाँकेमा ३ लाख ५० हजार ३७१ मतदाता, १६ हजार ४३७ नयाँ मतदाता

शनिबार, फागुन १६, २०८२

नेपालगन्ज । बाँकेमा साढे ३ लाख मतदाताले मतदान गर्दैछन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता सहभागी हुन लागेका हुन् । यो पटक १६ हजार ४ सय ३७ मतदाता थपिएका छन् ।

Honor x5c

जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले १ लाख ७८ हजार १ सय ३८ जना पुरुष र १ लाख ७२ हजार २ सय २३ जना महिलाले निर्वाचनमा मतदान गर्न लागेको जानकारी दिए । यस्तै अन्य ९ जना छन् । यसैगरी अस्थायी मतदाता २ हजार ९ सय ३० जना छन् । यस अघिको जिल्लामा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता थिए ।

शाहीका अनुसार जिल्लाभर १३९ मतदान स्थल र ४०० मतदान केन्द्र कायम गरिएको छ । फागुन १० देखि १४ गतेसम्म ८०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि दिइसकिएको शाहीले बताए । बाँकेमा ३ वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय २७, क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २ सय ९० र क्षेत्र नम्बर ३ मा १ लाख १७ हजार ३ सय ५४ जना मतदाता छन् । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्