थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यतासहित थप व्यवस्थित गर्छुः गौडेल

शुक्रबार, फागुन १५, २०८२

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफू उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको बताए ।

Honor x5c

‘म नेपाली काँग्रेसको जिल्ला सभापतिको नाताले पनि विभिन्न जात-जातिको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिएँ, अब उम्मेदवारको रुपमा छु । निर्वाचित गराएर पठाउनुहोस् नीति नै बनाएर आदिवासी जनजातिहरुको कला-संस्कृतिलाई थप व्यवस्थित बनाउँछु’–उनले भने । आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं. ११ मा थारु संग्राहलय र कोहलपुर वडा नं. २ मा दलित संग्राहलयलाई द्रुत गतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए ।

उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यतासहित थप व्यवस्थित गरिने पनि बताए । उनले धार्मिक पर्यटन प्रबद्र्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए । उनले नेचर गाइड, होम स्टे संचालन, पर्यापर्यटन, ¥याफटिङ, बन्जी जम्प एवम् टे«किङ जस्ता तालिमको व्यवस्था गरी पर्यटन प्रबद्र्धन गरी रोजगारीमा युवाहरुको पहुँच वृद्धि गर्ने पनि गौडेलले बताए ।

तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं. ४ र वडा नं. ६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्