सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके जिल्लाका भारतसँग जोडिएका सबै सीमा नाका तीन दिनका लागि बन्द गरिने भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सीमा नाका बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनाअनुसार फागुन १८ गते (तदनुसार २ मार्च २०२६) सोमबार राति १२:०० बजेदेखि फागुन २१ गते (तदनुसार ५ मार्च २०२६) बिहीबार राति १२:०० बजेसम्म जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहनेछन्।
प्रशासनले निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमा आवागमन रोक्न लागिएको जनाएको छ। यस अवधिमा अत्यावश्यक बाहेक सीमा आवागमन पूर्ण रूपमा बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ।