सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज। नेपाली काँग्रेसका सभापति गगन थापा भोलि नेपालगञ्ज आउने भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा भोलि (बिहीबार) हुन लागेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न सभापति थापा नेपालगञ्ज आउन लागेका हुन् । भोलि दिउँसो १ बजे जानकी गाउँपलिका–३ स्थित पौवा होटेल पुर्व रहेको खाली जमिनमा भेला हुनेछ । सभापति थापाले यस अघि विरेन्द्रनगरको विशाल आमसभा सम्बोधन गर्नेछन्।
'बाँकेको मुटुमा गगनको आवाज' नारासहित व्यापक प्रचार-प्रसार थालिएको छ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्नेछन् । सभापति थापालाई सुन्न सम्पूर्ण काँग्रेसी जन र आममतदातालाई सार्वजनिक आह्वान गरिएको नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक एवं कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।
नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा नारायण प्रसाद गौडेल, क्षेत्र नं. २ मा शुधान्सु कोइराला र बाँके क्षेत्र नं. ३ मा अमरसिंह पुन प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा प्रतिष्पर्धामा छन् भने समानुपातिक उम्मेदवारका रुपमा दिप नाराण बर्मा र दुखिराम लोनिया छन् । नेपाली काँग्रेसको नेतृत्वमा गगन आएपछि चौतर्फी काँग्रेसको पक्षमा लहर चलेको छ ।