घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले शुधान्सु कोइराला उत्साहित

आइतबार, फागुन १०, २०८२

नेपालगञ्ज । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आइतबार बिहान पनि घरदैलो अभियान सञ्चालन गरेका छन् । उनले नेपालगञ्ज उपमहानगरपालिका–१० अन्तर्गत गोसाइँ गाउँ र आदर्शनगर क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरेका हुन् ।

Honor x5c

घरदैलो कार्यक्रममा वडा का.बा सभापति कल्पना रेग्मी घिमिरे, जिल्ला सहसचिव रेणु सिंह ठाकुर तथा नेताहरू नर बहादुर विष्ट, भारती जोशी, विरेन्द्र बहादुर शाह, मनोज शाही लगायतको सहभागिता रहेको थियो । उम्मेदवार कोइरालाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र सुझाव सुनेका थिए । उनले आसन्न निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे ।

मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र आशिर्वादले आफू उत्साहित भएको कोइरालाले बताएका छन् । उनले जनताको साथ र समर्थनले निर्वाचनमा सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । कोइरालाले आइतबार नै दिउँसो वडा नम्बर १२ का विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटेका छन् ।

घरदैलोमा उनी स्थानीय नेताहरुको साथमा पुगेका थिए। नागरिकको स्वागत र सहयोग गर्ने प्रतिबद्धताले आफूलाई उत्साहित बनाएको कोइरालाको भनाई छ । 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्