सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का सभापति जितेन्द्र हमाल (कैलाश) को निधन भएको छ। नेपालगन्ज वडा नम्बर १२ निवासी कैलाशको आज बिहान साढे ५ बजे उपचारका क्रममा निधन भएको हो।
नेता कैलाश केही समयदेखि अस्वस्थ रहँदै उपचाररत हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनले नेपाली कांग्रेस बाँके–२ मात्र नभई समग्र क्षेत्रमै शोकको वातावरण छाएको छ।
पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित हमालले प्रदेश सभा ‘ख’ मा संगठन विस्तार र कार्यकर्ता परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसजनहरूले बताएका छन्।
उहाँको अन्त्येष्टि आज दिउँसो सिधनियाघाटमा गरिने बताइएको छ।