नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनको कांग्रेसले पहल गर्छः अमरसिंह पुन

शुक्रबार, फागुन ८, २०८२

खजुरा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पश्चिम नेपालको महत्वपुर्ण योजना नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनलाई आफुले मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले यस क्षेत्रको आर्थिक स्तर उकास्ने योजनालाई प्रभावकारी ढंगले संचालनमा नेपाली कांग्रेसले पहल गर्ने बताए । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ गाभर नेपाल सरकारले २०७२ सालमा नौवस्ता औद्योगिक क्षेत्राको स्थापना गर्ने निर्णय गरेर संचालनको प्रक्रिया सुरु गरेको थियो ।

सुरुआतमा नेपाल सरकारको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो । तर पछि स्थानीय वस्ती व्यवस्थापन, सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई जग्गा दिने भएपछि नौवस्ता औद्योगिक क्षेत्रको जग्गा कम भएको थियो ।

नौवस्ता औद्योगिक क्षेत्रमा सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी गर्ने वातावरण निर्माण गर्नु पर्ने पुनले बताए । उनले भने ,‘बाँके क्षेत्र नम्बर ३ को आर्थिक उन्नतीमा नौवस्ता औद्यागिक क्षेत्रको महत्वपुर्ण स्थान रहन्छ । यसलाई छिटो भन्दा छिटो प्रभावकारी ढंगले अगाडी बढने वातावरण निर्माण गर्न जरुरी छ । त्यसको लागि नेपाली कांग्रेसले पहल गर्नेछ ।’

नौवस्था औद्योगिक क्षेत्र मार्फत हजारौ युवाहरुलाई रोजागारीमा जोडनु पर्ने उनले बताए । बाँके क्षेत्र नम्बर ३ को आर्थिक समृद्धिका लागि पनि आम जनतालाई कांग्रेसमा भोट हाल्न पुनले अपिल गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्