भुजइँगाउँमा कांग्रेस उम्मेदवार सुधान्शु पुग्दा मतदाता उत्साहित

शुक्रबार, फागुन ८, २०८२

नेपालगन्ज । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ भुजइँगाउँमा घरदैलो गरेका छन् ।

Honor x5c

वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीश प्रसाद कुर्मीले जानकारी दिए । उम्मेदवार कोइरालाप्रति मतदाताहरु उत्साहित देखिएको घरदैलोमा सहभागि तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । राजनीतिक विरासत बोकेका युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरु उत्साहित देखिन्थे ।

कोइराला ४४ वर्षका युवा हुन् । उनी काँग्रेस बाँकेका सचिव पनि हुन् । जेनजी आन्दोलनपछि काँग्रेस बदलिएको र बदलिएको काँग्रेसले देश बदल्ने अठोट सहित आफु नागरिकको घरदैलोमा आएको भन्दै कोइरालाले सहयोगको आग्रह गरे । उनले आफु आश्वसन बाड्न नआएको भन्दै जनताको सेवकका रुपमा काम गर्ने प्रण बोकेर आएको बताए । उनले जनताको आवश्यकता र चाहना अनुरुप आफुले नीति निर्माणतहमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उम्मेदवार कोइरालाले घरदैलोमा नागरिकका समस्याहरु सुन्ने र समाधानका निमित्त भूमिका खेल्ने विश्वास दिलाए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्