राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल बनाउने गिरीको प्रतिबद्धता

शुक्रबार, फागुन ८, २०८२

तुलसीपुर  । दाङ क्षेत्र नम्बर ३ का कांग्रेसका उम्मेदवार दीपक गिरीले राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्ने बताएका छन्। तुलसीपुरमा आज तुलसीपुर नगर जेसिसले आयोजना गरेको उम्मेदवारसंग ककस कार्यक्रममा बोल्दै गिरीले उक्त अस्पताललाई पश्चिम दाङको भरपर्दो स्वास्थ्य गन्तब्यका रुपमा विकास गर्ने आफ्नो योजना सुनाए ।

Honor x5c

 उनले राप्ती बबई क्याम्पस स्थापनाका लागि आफूले गरेको मेहनत र अहिले राप्ती बबई क्याम्पसले पश्चिम दाङमा शैक्षिक विकास र गुणस्तर बृद्धिमा खेलिरहेको भूमिकाको स्मरण गराउँदै उक्त क्याम्पसलाई प्रविधिमैत्री विश्वविद्यालयका रुपमा विकास गर्ने उद्घोष समेत गरे । 

गिरीले किसानका उत्पादनहरुको भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डार) को अपरिहार्यता औल्याउँदै त्यसका लागि पनि काम गर्ने उनको प्रतिबद्धता छ । आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै आफ्नो उम्मेदवारीको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका गिरीले सहभागीहरुको प्रश्नको जबाफ समेत दिए । उनले युवा जोशका साथ दाङ बनाउने आफ्नो हुटहुटीलाई फेरि साथ दिन आह्वान गरे ।

गिरीले भने-"जुन-जुन बेला पार्टीले मेरो आवश्यकता ठानेको छ, त्यति-त्यति बेला मलाई उम्मेदवार बनाएर खटाएको छ, म जनतालाई जनार्दन मानेर काम गर्दछु, मेरो उत्साह र जाँगर अहिले पनि उस्तै छ ।"

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्