सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । नेपाली काँग्रेसबाट दाङ क्षेत्र नं-३ का उम्मेदवार दीपक गिरीले अहिलेको बिषम परिस्थितिबाट मुलुकलाई निकास दिन नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका – ४ गहतेरामा सम्बोधन गर्दै काँग्रेस उम्मेदवार गिरीले २०८४ मा हुनुपर्ने निर्वाचन जेनजी भदौ २३ र २४ गतेको आन्दोलन पछि पहिलै हुन थालेको हुँदा अहिलेको बिषयम परिस्थितिबाट मुलुकलाई निकास दिन काँग्रेसको चुनाब चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका हुन ।
२००७ सात फागुन ७ गते नेपाली काँग्रेसकै नेतृत्वको आन्दोलनका कारण राणा साशनको अन्त्य भएपछि रैतिबाट स्वतन्त्र नागरिक भएको भन्दै उम्मेदवार गिरीले त्यसपछि २०४६ साल, २०६२-०६३ सालका हरेक आन्दोनलको नेतृत्व काँग्रेसले गरेको स्मरण गरे ।
हरेक बिषम परिस्थितिमा मुलुकको निकास काँग्रेसकै अग्रसरतामा भएको भन्दै उनले काँग्रेसकै अग्रसरतामा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइ पहिलो पटक संविधानसभा वाट संविधान निर्माण गर्ने कार्यपनि काँग्रेसका स्व। सुशिल कोइरालाको नेतृत्वमा भएको बताए ।
‘जहिले जहिले देशलाई अप्ठेरो परेको छ त्यो बेला काँग्रेसले नै मुलुकलाई निकास दिएको छ,’ उम्मेदवार गिरीले भने ‘ यतिखेर पनि देश अन्यौंलपूर्ण अवस्थामा छ यो बिद्यमान जटिल परिस्थितिबाट मुलुकलाई सहजता तर्फ लैजान फेरि काँग्रेसले जिन्न जरुरी छ । यहाँहरु सबैले काँग्रेसको रुख चुनाब चिन्हमा मतदान गर्नुहुने आशा छ ।’
काँग्रेस कमजोर हुँदा देश कमजोर हुने भन्दै मुलकको शान्ति र बिकासका लागि सबै काँग्रेस जनहरु एक भएर काँग्रेसको पक्षमा माहोल निर्माण गर्न उनले आग्रह गरेका थिए ।
‘तपाँइहरु यतिखेर एक ढिक्का भएर लाग्नुहोस र काँग्रेसलाई अत्यधिक मतले बिजयी बनाउनुहोस,’ उम्मेदवार गिरीले भने ‘ निर्वाचित भइ सकेपछि तपाँइहरुको त्यो अभिमतले म यस ठाउँको बिकासमा लागि पर्ने छु ।’ तुलसीपुर – ४ का वडासभापति नन्दलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा गहतेराका स्थानीयले काँग्रेस उम्मेदवार गिरी संग बिकास मागेका थिए ।तुलसीपुरको गहतेरा क्षेत्र बिकासको दृष्टिकोणले पछाडि परेको भन्दै आँफुहरुले निर्वाचित गराएपछि त्यसक्षेत्रको बाटो, सिंचाइ कुलो , खाने पानीको बिकासमा ध्यान आग्रह गरेका थिए ।
उनीहरुले उम्मेदवार गिरीलाई बिकास प्रेमी नेताको संज्ञा दिदै फेरि पनि पश्चिम दाङको बिकासका लागि काँग्रेसको रुख चुनाब चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।