कांग्रेसले आज मधेसबाट चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै

बुधबार, फागुन ६, २०८२
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ। पार्टीले आजको सभा ‘प्रतिज्ञा सभा’ नाम दिएको छ, जसमा कांग्रेस सभापति गगन थापा प्रमुख वक्ता हुनेछन्।

पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका अनुसार, जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञापत्रको विस्तृत जानकारी ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर दिइनेछ।

यो सभा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुँदैछ, र सभामा एक लाख सहभागीको लक्ष्य राखिएको छ। कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा ठूलो सहभागिता सुनिश्चित गर्ने बताएका छन्।

सोहि अवसरमा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै चुनावी कार्यक्रमका बारेमा पार्टीका दृष्टिकोण र योजनाहरु प्रस्तुत गर्ने छ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्