सिद्धार्थ विद्या सदन बन्यो लुम्बिनी प्रदेश यु-१४ फुटबल छनौटमा च्याम्पियन

मंगलबार, फागुन ५, २०८२

नेपालगञ्ज । लुम्बिनी प्रदेश यु-१४ फुटबल छनौट खेलमा नेपालगञ्जको फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन स्कुल च्याम्पियन भएको छ ।

च्याम्पियन बन्ने क्रममा सोमबार सम्पन्न फाइनल खेलमा सिद्धार्थले बर्दियाको श्री किशन सेकेण्डरी स्कुललाई २-० गोल अन्तरले पराजित गरेको विद्यालयका सहायक प्रिन्सिपल प्रबिण गिरीले बताए ।

सिद्धार्थको तर्फबाट लेखराज भारती र र कृष शाहीले १-१ गोल गरे । नवलपरासीको लुम्बिनी सेकेण्डरी स्कुललाई हराउँदै फाइनल यात्रा तय गरेको सिद्धार्थले त्यस अघि दाङको गोर्खा माविलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सिद्धार्थले बाँके जिल्ला बिजेता भई बाँकेको प्रतिनिधित्व गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्