सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । नेपालगञ्ज आज आयोजित एक कार्यक्रमका बीच राईले 'समृद्ध नेपालगञ्ज-डुडुवा-हाम्रो प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
राईले पूर्वाधार तथा सहरी विकास, औद्यागिक, ब्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास र व्यवस्थित बसोबास केन्द्रित बुँदागत प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले नीतिगत सुधार सम्बन्धि प्रतिबद्धता समेत उल्लेख गरेका छन् । जसमा गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी ब्यवस्थापन र आर्थिक अवसर तथा लागूऔषध नियन्त्रण र सुरक्षित समाज निर्माण गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।
उनले नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योगको हब बनाएर चलायमान सहरका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । आफूले विगतमा सांसद र मन्त्रीको भूमिकामा रहँदा विकास निर्माणका काम गरेर देखाएको स्मरण गराउँदै उनले फेरि पनि जनताबाट अनुमोदित भएर नेपालगञ्ज डुडुवाको समृद्धिका लागि काम गर्ने बताए ।
हेर्नुस् प्रतिबद्धतापत्र -