लुम्बिनी प्रदेश यु-१४ फुटबल छनौट: फाइनलका लागि सिद्धार्थ विद्या सदनले नवलपरासीसँग खेल्दै

आइतबार, फागुन ३, २०८२

नेपालगञ्ज । लुम्बिनी प्रदेश यु-१४; फुटबल छनौट खेलमा नेपालगञ्जको फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन स्कुलले दाङको गोर्खा माविलाई पराजित गरेको छ ।

दाङको अरनिको मैदानमा सम्पन्न खेलमा दाङको गोर्खा माविलाई सिद्धार्थले ४-१ गोल अन्तरले पराजित गरेको हो । सिद्धार्थको तर्फबाट कृष्ण थापाले २ गोल तथा लेखराज भारती र हिमाल धामीले १-१ गोल गरे ।

सिद्धार्थ बाँके जिल्ला बिजेता भई बाँकेको प्रतिनिधित्व गर्दै अघि बढेको हो । १२ जिल्लाका विजेता टोलीहरुबीच खेल भइरहेको छ । गोर्खालाई हराउँदै सिद्धार्थ सेमिफाइनलमा प्रवेश गरेको विद्यालयका सहायक प्रिन्सिपल प्रबिण गिरीले बताए ।

उनका अनुसार सिद्धार्थले आज फाइनल प्रवेशका लागि लुम्बिनी सेकेण्डरी स्कुल नवलपरासीसंग प्रतिष्पर्धा गर्नेछ । 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्