सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले चुनावी अभियान तीव्र पारेको छ। कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई जिताउने स्पष्ट रणनीतिका साथ बुधबार बैजनाथ गाउँपालिका–६ मा चुनाव केन्द्रित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा पार्टीका निवर्तमान सह–महामन्त्री तथा प्रतिनिधि सभाका निवर्तमान सांसद किशोर सिंह राठौरसहित जिल्ला तथा क्षेत्रीय नेतृत्वको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले बाँके–३ मा कांग्रेसको पक्षमा जनलहर सिर्जना भइरहेको दाबी गर्दै घरदैलो, टोलसभा र युवा केन्द्रित कार्यक्रममार्फत चुनावी अभियानलाई थप सशक्त बनाइने बताएका छन्।
नेताहरूले विकास, सुशासन र स्थायित्वको एजेन्डालाई प्राथमिकतामा राख्दै अमरसिंह पुनलाई भारी मतले विजयी गराउने लक्ष्य लिइएको स्पष्ट पारे। यसअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके–३ बाट किशोर सिंह राठौर निर्वाचित भएका थिए। सोही विरासतलाई निरन्तरता दिने गरी यसपटक पुनलाई उम्मेदवार बनाइएको बताइएको छ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कांग्रेसले आगामी दिनमा क्षेत्रभर थप चुनाव लक्षित कार्यक्रम गर्ने जनाएको छ। राठौर फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया -२ बाट उम्मेदवार रहेका छन् ।