आफ्ना मुद्दा अरूले उठाएकोमा इश्तियाक राईको सह्राना

बुधबार, माघ २८, २०८२

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरूलाई अरू प्रतिस्पर्धीहरूले पनि उठाएकोमा सह्राना गरेका छन् ।

राईले भने, “मैले यहाँको आवश्यकता अनुसार उठाएका मुद्दाहरूलाई अरू दलका उम्मेदवारहरूले पनि क्यारी गर्न थाल्नुभएको छ । उहाँहरूलाई विशेष धन्यवाद छ ।”

बाँके क्षेत्र नं २ का मतदाताहरूको घर-घरै पुगेर आफूले अहिले उहाँहरूको माग र चाहना बुझ्ने काम गरिरहेको बताएका राईले सोही अनुसार फागुन ४ गते आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी पनि दिए ।

राईले काम गरेको इतिहास र भविष्यमा पनि तुलनात्मकरूपमा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न समेत मतदाता समक्ष आग्रह गरेका थिए । राईले बाँके-२ का  मतदाताहरूलाई घर-घरै पुगेर भेटिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्